बैतडीमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक

बैतडीमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक

बैतडी । बैतडीमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेको छ । आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताकहाँ पाठ्यपुस्तक पुगेको हो ।

पहिलो पटक शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि पाठ्यपुस्तक उपलब्ध भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको धनगढीस्थित कार्यालयले पाठ्यपुस्तक उपलब्ध गराएको हो ।

बैतडीमा कक्षा १ देखि १० सम्म ६७ हजार ६ सय ४६ विद्यार्थी रहेकाले त्यति नै सङ्ख्यामा पाठ्यपुस्तकको सेट आवश्यक पर्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए । बैतडीमा पाँच सय ३९ सामुदायिक विद्यालय रहेका छन् ।

कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक बिक्रेताकहाँ पुगिसकेका छन् ।