बैतडीमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु

बैतडी । बैतडीमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको  मृत्यु भएको छ।

सुर्नयाबाट खोडपे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर  जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा शुक्रबार दुर्घटनामा परेको हो।

दुर्घटनामा परि दुई जनाको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । मृत्यु हुनेमा ट्याक्टर चालक ठेगाना खुल्न बाँकी रहेका राजेश चौधरी रहेका छन्। अर्का एक पुरूषको परिचय खुल्न बाँकी रहेको छ।

दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।