सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेर कारोबार भएको छ । त्यस्तै चाँदी आज प्रतितोला ३५ रुपैयाँ घटेर कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख एक लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।