धनगढीबाट सशस्त्र प्रहरीद्धारा ५७ लाख बढीको कपडा बरामद

धनगढीबाट सशस्त्र प्रहरीद्धारा ५७ लाख बढीको कपडा बरामद

कैलालीको धनगढीमा सशस्त्र प्रहरीले ५७ लाखभन्दा बढीको अबैध कपडा बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ को उत्तर वेहडी इलाकाबाट सशस्त्र प्रहरीबल ३४ नम्बर गणले ५७ लाख १८ हजार ५ सय मुल्यको अवैध कपडा बरामद गरिएको डिएसपी साजेन्द्र श्रेष्ठले जानकारी दिए।

उनले आज बिहान धनगढी बसपार्कको उत्तरपट्टी उत्तरवेहडी स्थित जस्तापाताबाट निर्मित गोदाममा २३ वटा बोरामा प्याक गरि लुकाइ राखेको अवस्थामा कुर्ती सेट,टप्स, सारी र सुट पिस कपडा विशेष सूचनाको आधारमा उक्त कपडा बरामद गरिएको बताए।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो।