सुनसरीको हरिनगरमा झडपपछि पाँच स्थानमा कर्फ्यू

सुनसरीको  हरिनगरमा झडपपछि पाँच स्थानमा कर्फ्यू

सुनसरीको हरिनगरमा झडपपछि प्रशासनले जिल्लाका पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू  आदेश जारी गरेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारीमार्फत् जारी गरेर कर्फ्यू आदेश जारी गरेका हुन्।
सुनसरीको भुटाहामा दुई समूहबीचको झडपले उग्र रूप लिएपछि वरपरका स्थानीय तहमा पनि कर्फ्यू लगाइएको हो।

अहिले दुवैतर्फबाट सुरक्षा संयन्त्रमाथि दबाब परेको छ । सुनसरी प्रहरीले अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको जनाएको छ ।

अवस्था नियन्त्रण जिल्ला प्रशासन कार्यालय सुनसरीले ५ स्थानीय तहमा कर्फ्यु जारी गरेको छ। चैत २३ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि कर्फ्यु जारी गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीको इनरुवा नगरपालिका, हरिनगरा, देवानगंज, भोक्राहा नरसिंह, कोशी गाउँपालिका क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।