७ जिल्लामा प्रहरी प्रमुख फेरिए १६ एसपीको सरुवा

७ जिल्लामा प्रहरी प्रमुख फेरिए १६ एसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपीहरुको काज सरुवा गरेको छ । तराईका ६ वटा जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरुलाई फिर्ता बोलाइएको छ। यसअघि फिर्ता गरिएको नुवाकोटमा पनि नयाँ एसपीलाई पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ ।
बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह र महोत्तरीमा नकुल पोखरेलको सरुवा भएको छ। धनुषामा भुवनेश्वर तिवारीलाई पठाइएको छ।

महोत्तरीमा श्याम राई कार्यरत थिए । सर्लाहीमा दयानिधी ज्ञवाली र धनुषामा मित्रबन्धु शर्मा कार्यरत थिए।