पाल्पाको अर्गलीमा जिप दुर्घटना ४ जना घाइते

पाल्पाको अर्गलीमा  जिप दुर्घटना  ४ जना घाइते

पाल्पाको अर्गलीमा भएको जिप दुर्घटनामा ४ यात्रु घाइते भएका छन् । तानसेन नगरपालिका १४ अर्गली नजिकै ना १ ज ७९५३ नम्बरको जिप शुक्रबार अपराह्न दुर्घटना भएको हो ।

पाल्पाको अर्गलीमा भएको जिप दुर्घटना हुँदा ४ जना घाइते 
दुर्घटनामा परी गुल्मी मुसिकोट नगरपालिका १ की ६७ वर्षीया ईश्वरा घिमिरे, ८ वर्षीया सुप्रिया घिमिरे, पाल्पा रिव्दीकोट गाउँपालिका ६ ठिमुरेकी २४ वर्षीया रेखा रोका र बागलुङ बडिगाड गाउँपालिका ५ की ९ वर्षीय अतिस पाइजा घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई गुल्मीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा पठाइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको जिल्लाका प्रहरी कार्यालय पाल्पाका सूचना अघिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको जनाइएको छ ।