आज देशका यी स्थानमा हावा हुरी र वर्षाको सम्भावना

आज देशका यी स्थानमा हावा हुरी  र  वर्षाको  सम्भावना

शनिबार कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा  बाँकी तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

शनिबार राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागका  थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।