वातावरण र पर्यटन विकासका लागि मेचि–महाकाली साईकल यात्रामा- ढकाल

वातावरण र पर्यटन विकासका लागि मेचि–महाकाली साईकल यात्रामा- ढकाल

वातावरण र पर्यटन विकासका लागि झापा कमल गाउँपालिका–५ की यमुना ढकाल  एकलै साईकल यात्रामा निक्लिनु भएको छ । स्वस्थ्य वातारण पर्यटन संस्कृति र खेलकुद विकासका लागि साईकल चढौं, योग गरौं र रुख रोपौं भन्दै साईकल यात्रामा निक्लेको उहाँले बताउनु भएको छ ।


पछिल्लो समय बढ्दो प्रदुषण तथा विभिन्न शारीरिक रोगलाई निरुत्साहित गर्न यस यात्रामा निक्लेको बताउनु भएको छ । स्वास्थ्य संगै वातावरण र पर्यटन विकासका लागि मेचि देखि महाकाली सम्मको एकलै साईकल यात्रा तय गरेको बताउनु भएको छ । उहाँले भन्नु भयो आज भोलि हामि बढी सुविधा र आलस्य जिवन विताउँदा स्वास्थ्यमा समस्या देखिएको छ ।

यस्तै पेट्रोल र डिजेलबाट चल्ने गाडिहरुले पनि वातावरणलाई प्रदुषित बनाएपछि साईकल चढेर पर्यवरण जोगौं भन्ने उद्श्यले यो अभियानमा निक्लेको बताउनु भएको छ । उहाँ चैत १५ गते देखि सो अभियानमा निक्लिनु भएको हो । हिजो दिउसो ९औं दिन उहाँ पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा पुग्नु भएको हो ।

रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन आर्याले साइकल यात्री यमकुमारी लाई खादा लगाएर स्वागत तथा सम्मान गर्नु भएको थियो । यस्तै तपाई एक साहसी महिला रहेको र तपाईको अभियान सफल होस् भनेर शुभकामना समेत दिनु भएको हो । दिनहु सरदरमा ८० देखि ९० किलोमिटरको यात्रा तय गरेको बताउनु भयो ।

उक्त अभियानमा निक्लेपछि विभिन्न कठीन बाटो समेत हिड्नु परेको बताउनु भयो । सबै भन्दा चुनौतिपुर्ण यात्रा नरायणगढ देखि दाउन्ने सम्मको बाटोले बनाएको बताउनु भयो । जहाँ अलि अध्यारो र साँझ पर्छ त्यही बास बस्ने गर्नुभएको छ ।