तपाईं पसिना गन्हाउने समस्याले हैरान हुनुहुन्छ यी उपाय अपनाउनुहोस

तपाईं पसिना गन्हाउने समस्याले हैरान हुनुहुन्छ यी उपाय अपनाउनुहोस

प्राय मानिसहरुमा आएको पसिना गन्हाउने समस्याबाट ग्रसित हुन्छन् । चाहे टाढाको बाटो हिड्दा होस् या सामान्य काम गर्दा हाम्रो शरीरबाट पसिना निस्कने गर्दछ । र सोहि पसिना गन्हाएर कसैको नजिक पर्नै अप्ठ्यारो हुन्छ ।  ।  पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थिबाट बन्छ । जुन ग्रन्थिको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । शरीरबाट पसिना निस्कनु शरीरका लागि आवश्यक छ ।

शरीरमा भएको विकार पसिनाकै रूपमा शरीरबाट बाहिर निस्कने हुनाले पसिनाले शरीरको तापक्रमलाई समेत सन्तुलनमा समेत राख्छ । यद्यपि, आवश्यकता भन्दा बढी पसिना आएर शरीर तथा पहिरन नै दुर्गन्धित हुन सक्छ ।

पसिनाको गन्ध अप्रिय हुन्छ । जसले वरिपरि बस्ने मानिसलाई समेत असहज बनाइरहेको हुन्छ । कोहीको कम गन्हाउँछ गन्ध आउँछ भने कोहीको अत्यन्तै नराम्रो गन्ध आउने गर्छ ।

पसिना गन्हाउँने कारण स्
ब्याक्टेरिया इन्फेक्सन
अल्कोहलको बढी प्रयोगले
जंक फुड खानाले वंशाणुगत कारण
मसालेदार खानेकुरा धेरै खाएर
धुम्रपान गर्नाले
लसुन प्याजको प्रयोग धेरै गरेर
उपाय
दैनिक नुहाउने, नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गुर्नुपर्छ ।
प्रत्येक दिन फिट्किरीको लेप लगाउने ।
कागतीको रस पानीमा राखेर नुहाउन सकिन्छ ।
सँधै खुकुलो लुगा लगाउने गर्नु पर्छ ।
काखीको कपाल सफा गर्नु पर्छ ।
नुहाएर आएपछि एकछिन शरीर सुक्न दिनुपर्छ ।
अनि मात्रै लुगा लगाउने गर्नु पर्छ । ब्याक्टेरिया फंगस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ । यदि क्रिमले पनि काम गरेन भने चिकित्सकको सल्लाहमा एन्टी फंगस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट खानुपर्छ ।