बझाङमा आफ्नो उम्मेदवार जिताउन जुट्यो एमाले

बझाङमा आफ्नो उम्मेदवार जिताउन जुट्यो एमाले

धनगढी । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि नेकपा एमालेले आफ्नो उम्मेदवार दमन भण्डारीलाई जिताउने गरी अभियान सुरु गरेको छ ।

एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टीको झन्डा र टिकट बझाङ इन्चार्ज लगायतका नेताहरूलाई हस्तान्तरण गर्दे बझाङमा आम नागरिकले आफ्नो अभिमत मार्फत एमालेलाई रोज्ने बताए ।

प्रदेश इन्चार्ज विश्वकर्माले स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिट ब्युरो सदस्य समेत रहेका बझाङ इन्चार्ज राजेन्द्र रावल, पूर्व इन्चार्ज भैरवबहादुर सिंह र प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसीलाई टिकट र झन्डा हस्तान्तरण गरेका थिए ।

बझाङ १ बाट प्रदेश सभामा निर्वाचित पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारले शनिबार मनोनयन दर्ता गर्दै छन्।