कैलालीमा किशोरीमाथि बलात्कार गर्नेलाई १० वर्ष कैद

कैलालीमा किशोरीमाथि बलात्कार गर्नेलाई १० वर्ष कैद

धनगढी । कैलालीमा १६ वर्षीया किशोरीलाई जबर्जस्तीकरणी गर्ने युवकलाई १० वर्ष कैद सजाय तोकिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका २५ वर्षीय दिपक सुनारलाई जिल्ला अदालत कैलालीले १० वर्ष कैद सजाय सुनाएको हो ।

न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासले सुनारलाई २२ चैत्रमा कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५ लाख जरिजवाना, ५० हजार क्षतिपुर्ति र २० हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला सुनाएको हो ।

पीडित किशोरीलाई  ७ कात्तिक २०७९ मा सुनारले बलात्कार गरेको भन्दै पीडित पक्षले गत वर्षकै २२ कात्तिकमा गते ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका थिए ।