इलाममा नेकपा एसका राईसहित चारजनाको उमेदवारी दर्ता

इलाममा नेकपा एसका राईसहित चारजनाको उमेदवारी दर्ता

काठमाडौं । उपनिर्वाचनका लागि इलाममा उमेदवारी दर्ता जारी छ । जिल्ला निर्वाचन कार्यालय इलामले दिएको जानकारी अनुसार हालसम्म चारजनाले उमेदवारी दर्ता गराएका छन् । जसमा नेकपा एससहित अन्य दल छन् । 

नेकपा एसबाट जितबहादुर राई‚ जनमत पार्टीका उमेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)‚ नेमकिपाबाट श्यामबहादुर दर्जी‚ स्वतन्त्र उमेदवार डाकप्रसाद गौतमले उमेदवारी दर्ता गराएका छन् । 

इलाम २ मा एमाले नेता समेत रहेका सांसद सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनअन्तर्गत वैशाख १५ गते मतदान हुनेछ ।