बझाङमा १२ जनाको उमेदवारी दर्ता

बझाङमा १२ जनाको उमेदवारी दर्ता

बझाङ । बझाङमा हुन लागेको उपनिर्वाचनका निम्ति १२ जनाले उमेदवारी दर्ता गराएका छन् । बझाङ क्षेत्र नम्बर–१ ‘क’का निम्ति १२ जनाको उमेदवारी दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय बझाङले जानकारी गराएको छ ।

शनिबार बिहान १० देखि बेलुका ५ बजेसम्मको निर्धारित समयमा १२ जनाले उमेदवारी दर्ता गराएका जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिए ।

उमेदवार दर्ता गराउनेहरूमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा‚नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह‚ जनता समाजवादी पार्टी (जसपा) का रामबहादुर जाग्री, नेपाली कांग्रेसका अभिषेक सिंहले उमेदवारी दर्ता गराएका छन् ।

धामीका अनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट किशोरकुमार खड्का‚ नेकपा (एमाले) का दमनबहादुर भण्डारीको उमेदवारी परेको छ ।

नेकपा (माओवादी केन्द्र) का जनक बुढा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्काले उमेदवारी दर्ता गराएका छन् ।

उनका अनुसार, जनमत पार्टीका सुशीला देवी विष्ट र नेपाली जनता दलका तर्फबाट अशोक सुनारले उमेदवारी दर्ता गराएका छन् । “१२ जनाले उमेदवारी दर्ता गराउनुभएको छ ।

आउँदो वैशाख १५ गते सो क्षेत्रमा उपनिर्वाचन हुँदै छ । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त प्रदेशसभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।