कञ्चनपुरमा ट्याक्टरले एक युवकलाई ठक्कर दिएर फरार

कञ्चनपुरमा ट्याक्टरले एक युवकलाई ठक्कर दिएर फरार

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाममा गएराती मोटरसाईकलाई ठक्कर दिएर भागेको ट्याक्टर अझै फेला परेको छैन ।

हरियो रंगको तर नम्बर खुल्न नसकेको ट्याक्टर गए राती साढे १० बजेतिर कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका २६ वर्षिय महेश सिह कार्कीले चलाई रहेको म २ प ३५३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएर भागेको थियो। ट्याक्टरले ठक्कर दिएपछि महेश कार्की र मोटरसाईकल पछाडि बसेका १५ वर्षका विराट कार्की घाईते भएका छन ।