पोखरीमा डुबेर दुईजना बालकको ज्यान गयो

पोखरीमा डुबेर दुईजना बालकको ज्यान गयो

धनकुटा – धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको छ । धनकुटा नगरपालिका वडा नम्बर १० मार्गामा रहेको विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिनुभयो । 

ज्यान गुमाउनेमा धनकुटा नगरपालिका वडा नम्बर १० का ११ वर्षीय मनिष  खतिवडा र धनकुटा नगरपालिका ९ का १५ वर्षीय दिपेश ओझा रहेका छन । बालकहरु कसरी डुबे भन्नेबारे स्थानीयबीच विवाद भएकाले घटनास्थललाई सुरक्षित राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।