कञ्चनपुरमा बेवारिसे अवस्थामा ब्रोइलर कुखुरा फेला

कञ्चनपुरमा बेवारिसे अवस्थामा ब्रोइलर कुखुरा फेला

कञ्चनपुरमा प्रहरीले अवैध ब्रोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्लाको बेलौरी नगरपालिका ६ ढक्काचाँदरमा अन्दाजी १९ हजार मूल्यको ब्रोइलर कुखुरा बेवारिसे अवस्थामा फेला परेको हो ।
भारतबाट भन्सार छली ल्याइएको उक्त मूल्यको ब्रोइलर कुखुरा शनिवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नष्ट गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।