धनगढीबाट चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ

धनगढीबाट चोरी मुद्दामा फरार रहेका  एक प्रतिवादी पक्राउ

धनगढीबाट चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन ।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना सुनाएकोमा फरार रहेका  धनगढी उपमहानगरपालिका ८ बस्ने २४ वर्षीय उमेशसिंह धामी शनिवार पक्राउ परेका हुन ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।