भारतमा बैतडीका एक जनाको मृत्यु

भारतमा बैतडीका एक जनाको मृत्यु

बैतडीका एक पुरुषको भारतमा मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–१ श्रीखण्डका ४५ वर्षीय देवदत्त भट्टको भारतको चण्डीगढमा मृत्यु भएको एमालेका वडा कमिटि अध्यक्ष मदनसिंह भाटले बताए ।

नेपाल प्रहरीको हवल्दार पदबाट सेवा निवृत भएपछि उनी करिब ६ महिना अघिमात्रै रोजगारीका लागि भारत गएका थिए । उनको मृत्युको कारण खुलेको छैन ।