रामेछापमा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते

रामेछापमा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिका ९ पिङखुरीबाट काठमाडौंका लागि छुटेको टाटासुमो दुर्घटना भएको छ । ना १ ज ५६२६ नम्बरको टाटासुमो खाँडादेवीकै वडा नं ८ भदौरेमा दुर्घटना हुँदा एकै परिवारको तीन जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेहरूमा २४ वर्षीय दीपेन्द्र भण्डारी, १६ वर्षीया एलिसा भण्डारी र १४ वर्षीया एमुना भण्डारी छन् । उनीहरु मध्ये दीपेन्द्रको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका दिपेन्द्रलाई उपचारका लागि ललितपुरको बी एण्ड बी अस्पतालमा पठाइएको छ ।