सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड

सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड

नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा दुई हजार ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा दुई हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यत, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।