मोटरसाइकलमा आएका दुई जनाले हतियार देखाएर लुटे मनी ट्रान्सफरको साढे १५ लाख

मोटरसाइकलमा आएका दुई जनाले हतियार देखाएर लुटे मनी ट्रान्सफरको साढे १५ लाख

सिराहामा मनी ट्रान्सफरको साढे १५ लाख रूपैयाँ लुटिएको छ। 

आइतबार बिहान सिराहाको विष्णुपुर गाउँपालिकाको शिव मनी ट्रान्सफरका लागि लैजाँदै गरिएको साढे  १५ लाख रूपैयाँ दुई नकाबधारीले हतियार देखाएर लुटेको सिराहा प्रहरीले जनाएको छ।   

मनी ट्रान्सफरका लागि सदरमुकामकै एक बैंकबाट झिकेर लैजाँदै गरिएको पैसा बाटोमै लुटिएको प्रहरीले जनाएको छ। 

जिल्ला  प्रहरी कार्यालय सिराहाका डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार पुरूषोत्तम यादवले उक्त पैसा लैजाँदेै थिए। 

उनले बीच बाटोमा हतियार देखाएर दुई जनाले रकम लुटेको प्रहरीसँग भनेका छन्। त्यसपछि प्रहरी मोटरसाइकल र त्यसमा सवार हतियारधारीको खोजीमा परिचालन गरिएको छ। 

सोही अनुसार हामी खोज्दै छौं, भारतीय नम्बर प्लेटको मोटरसाइकल भनिएको छ, डिएसपी सापकोटाले भने।