काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन वैशाख १९ गते हुने

काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन वैशाख १९ गते हुने

धनगढी । नेपाली काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन आगामी वैशाख १९ गते हुने भएको छ । नेपाली काग्रेंस कैलालीको पार्टी कार्यालय विपी स्मृति भवन बसेको क्षेत्र नम्बर ५ को क्षेत्रीय कार्य समितिको बैठकले वैशाख १९ गते दोस्रो क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको क्षेत्र नम्बर ५ का सभापति भीम पडालले जानकारी दिए । क्षेत्रीय सम्मेलनमा क्षेत्र नम्बर ५ ले प्रकाशन गरेको भित्ते पात्रो समेत विमोचन गरिने भएको छ । त्यसैगरी वैठकले प्रदेश क र ख लाई त्यसअघि नै सम्मेलन गर्न समेत निर्देशन दिएको क्षेत्र नम्बर ५ का प्रवक्ता प्रदीप पाठकले बताए ।