सुनको भाउले १ लाख ३६ हजार नाघ्यो

सुनको भाउले १ लाख ३६ हजार नाघ्यो

काठमाडौं । सुनको भाउ तोलामा १ लाख ३६ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा यस दिन ६ सय रुपैयाँले भाउ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १६७० रुपैयाँमा कारोबार भएको चाँदी आज १६८५ रुपैयाँ कायम भएको छ ।