आइपीएल : चेन्नाईको कोलकातामाथि सहज  जित

आइपीएल : चेन्नाईको कोलकातामाथि सहज  जित

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले कोलकाता नाइट राइडर्सविरुद्ध ७ विकेटको जित निकालेको हो ।

कोलकाताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नाईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौकासहित ६७ रन बनाए । यस्तै महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे ।

शिभम दुबेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे । कोलकाताका लागि वैभव अरोराले २ तथा सुनील नरिनले १ विकेट लिए । त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो । 

कोलकाताका लागि श्रेयस ऐयरले बनाएको ३४ रन नै सर्वाधिक रह्यो । यस्तै नरिनले २७ तथा आँगृष रघुवंशीले २४ रन जोडे । अन्य ब्याटरको उल्लेखनीय प्रदर्शन रहेन ।

चेन्नाईका लागि तुशार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३-३ विकेट लिँदा मुस्तफिजुर रहमानले २ तथा महिश थिकसनाले १ विकेट लिए । जितसँगै चेन्नाई ५ खेलमा ३ जित सहित तालिकाको चौथो स्थानमा छ । कोलकाता भने चौथो खेलमा पहिलो हात बेहोर्दै दोस्रो स्थानमा छ ।