यस्ता व्यक्तिले पिउनु हुँदैन जिरा पानी

यस्ता व्यक्तिले पिउनु हुँदैन जिरा पानी

एजेन्सी । जिराको पानी विभिन्न समस्याबाट राहत पाउनुका साथै विशेषगरी तौल कम गर्नका लागि पिउने गर्छन् । तर यसको अत्यधिक सेवन गर्दा स्वास्थ्यमा विभिन्न नोक्सानहरु पनि हुन सक्छन् । आउनुहोस् यस लेखमा जानौं जिरा पानी पिउनबाट कस्ता व्यक्तिहरु जोगिनु पर्ने हुन्छ ।

कतिपय व्यक्तिलाई पाचनसँग जोडिएको समस्या हुन्छ । यस्तोमा त्यस्ता व्यक्तिले अत्यधिक जिरा पानी पिउनबाट जोगिनु पर्छ । जिरा पानी अत्यधिक पिउँदा ग्यास, अपच जस्ता समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।
मधुमेह भएका व्यक्तिले पनि अत्यधिक मात्रामा जिरा पानी पिउनु हुँदैन । यसले रगतमा सुगरको मात्रा कम हुन सक्छ । जसले गर्दा तपाईंलाई कमजोरी हुने, रिगांटा लाग्ने आदि समस्या हुन सक्छ ।
महिनावारीको क्रममा महिलाहरुले पनि जिराको पानी पिउनबाट बच्नुपर्छ । किनभने जिरा पानीले वान्ता हुने तथा रक्तश्राव धेरै हुने जस्तो समस्या हुन्छ ।
पेटमा ग्यास तथा पोल्ने समस्या भएका व्यक्तिले जिरा पानी पिउनु हुँदैन । यसले ग्यास र पेट पोल्ने समस्या अझै बढ्न सक्छ ।

एकदमै पातला व्यक्तिले पनि जिरा पानी पिउनु हानिकारक हुन्छ । जिरा पानी विशेषगरी शरीरको बोसो कम गर्नका लागि पिउने भएकाले शरीरमा बोसोका मात्रा नै नभएका व्यक्तिले यो पानी पिउनु आवश्यक हुँदैन ।
 यदी किड्नी तथा लिवरसम्बन्धी कुनै समस्या छ भने पनि जिरा पानी नपिउनुहोस् । यसले समस्या अझै बढ्न सक्ने सम्भावना हुन्छ ।

त्यस्तै यो पानीले शरीरमा गर्मी बढाउने भएकाले गर्भावस्थाको समयमा पनि जिरा पानी पिउनु हानिकारक हुन्छ । जिरा पानी पिउँदा शरीरमा गर्मी बढ्छ जसको असर गर्भवती महिलासँगै पेट रहेको बच्चालाई पनि नराम्रो असर पर्दछ ।