राप्रपाको प्रदर्शनमा झडप, प्रहरीले गर्‍यो लाठी चार्ज

राप्रपाको प्रदर्शनमा झडप, प्रहरीले गर्‍यो लाठी चार्ज

काठमाडौं । राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो । जुलस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्दा तनाव बढेको थियो । त्यसक्रममा प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो ।

तर, प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको छ ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन् । निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।