भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु

भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु

सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।  

हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताए । अहिले उनको शव आफन्तको जिम्मा लगाइएको छ । भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा समेत मरेको उनले बताए ।