सपिङ मलमा छुरा आक्रमण, कम्तीमा पाँचजनाको मृत्यु

सपिङ मलमा छुरा आक्रमण, कम्तीमा पाँचजनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यावसायिक भवनभित्र मानिसलाई आतंकित पार्ने गरी छुरा प्रहार भएको छ । उक्त घटनामा कम्तीमा पाँचजनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री एन्थोनी अल्वानिजले सपिङ मल (किनमेल केन्द्र) मा भएको आक्रमणमा ‘केही व्यक्ति हताहत भएको’ पुष्टि गरेका छन् ।

त्यहाँ एक नौ महिनाको शिशुसहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताए ।

बोन्डी जक्सनस्थित वेस्टफिल्ड मलभित्र आक्रमणको घटनासँगै मानिसको भागाभाग भएको थियो । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई कारबाही गरेको छ । न्यु साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एक व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जनाएको छ ।

घटनास्थलबाट मानिस भागिरहेको देखिने खालका तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । प्रहरीले त्यहाँको समयानुसार अपराह्न ४ बज्नै लाग्दा एक व्यक्तिलाई गोली हानिएपछि अवस्था संवेदनशील बनेको जनाएको छ ।

घटनास्थलमा दर्जनौँ एम्बुलेन्स र प्रहरीका गाडीहरू रहेका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा एक पुरुषले ठूलो खालको चक्कु लिएर आक्रमण गर्न खोजेको पनि देखाइएको छ ।

न्यु साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एक व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जनाएको छ ।