ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो ब्याटर बने दीपेन्द्र

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो ब्याटर बने दीपेन्द्र

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो ब्याटर बनेका छन् ।

एसीसी प्रिमियर कपअन्तर्गत शनिबार कतारविरुद्धको अन्तिम ओभरमा दीपेन्द्रले ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । दीपेन्द्रले कतारका कम्रन खानको एकै ओभरमा ३६ रन प्रहार गरे ।

दीपेन्द्रअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका काइरन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । युवराजले इंग्ल्यान्डका स्ट्रुड बोर्ड र पोलार्डले श्रीलंकाका अकिला धनन्जयको ओभरमा ६ छक्का प्रहार गरेका थिए । युवराजले सन् २००७ को ट्वान्टी–२० विश्वकप र पोलार्डले २०२१ मा यो कीर्तिमान बनाएका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने दक्षिण अफ्रिकाका हर्सेल गिब्स र अमेरिकाका जस्करन मल्होत्राले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।