सुदूरपश्चिममा नयाँ सरकार गठनको समय सीमा आज सकिँदै

सुदूरपश्चिममा नयाँ सरकार गठनको समय सीमा आज सकिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको समय सीमा आज सकिँदै छ । सरकार गठनको अन्तिम दिन आज हुँदा पनि सरकारको नेतृत्व गर्ने अवसर पाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा सहमति हुन सकेको छैन । 

पार्टी भित्रै मुख्यमन्त्री दाबी गर्ने २ समूह भएपछि विवादले टुुङगो पाउन सकेको छैन । नाउपाका पार्टी संरक्षक रेशमलाल चौधरीले बहुमत सांसदको सहमति रहेको भन्दै लक्ष्मण किशोर चौधरीलाई अघि गरेका छन् भने यता पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलाश चौधरीलाई अघि सारेकी छन् ।

सुदूरपश्चिम प्रदेश सभामा नाउपाका ७ सांसदमध्ये २ जना कारबाहीमा परेका छन् । रेशमनिकट समानुपातिक सांसद इन्दिरा गिरी र दल नेता घनश्याम चौधरीलाई रञ्जिताले कारबाही गरेकी छन् ।
इन्दिरालाई सांसद पदबाट बर्खास्त गरिएको भए पनि तर घनश्यामका  विषयमा प्रदेश सभाले निर्णय गरिसकेको छैन । 

त्यसअघि  घनश्यामलाई नाउपा सुदूरपश्चिम संसदीय दलको नेताबाट हटाएर उनको स्थानमा रञ्जिताले आफूनिकट कैलाश चौधरीलाई ल्याइसकेकी छन् । रञ्जिता समूहमा २ सांसद मात्र छन्।
सुदूरपश्चिम प्रदेशमा अहिले प्रदेश सभा सदस्यको संख्या ५१ रहेको छ । काँग्रेसका पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नाउपाकी इन्दिरा गिरी पदमुक्त छिन् । यहाँ बहुमत पु¥याउन अव २६ सांसद चाहिन्छ ।

प्रदेश सभामा हाल माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । नेपाली काँग्रेसका १८, राप्रपा र स्वतन्त्र सांसद एक÷एक सांसद छन्।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतसहित सरकारको दाबी पेस गर्न वैशाख २ गते साँझ ५ बजेसम्मको समय दिएका छन् ।