सुदूरपश्चिममा कांग्रेस र एसको समर्थनमा नाउपाका चौधरीले गरे मुख्यमन्त्रीको दाबी पेस

सुदूरपश्चिममा कांग्रेस र एसको समर्थनमा नाउपाका चौधरीले गरे मुख्यमन्त्रीको दाबी पेस

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नाउपाका चौधरीले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

सुदूरपश्चिममा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । मुख्यमन्त्रीको दाबी पेस गर्ने चौधरी नाउपाका संरक्षक रेशम चौधरी पक्षका हुन् ।