नाउपाका कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीको दाबी पेस

नाउपाका कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीको दाबी पेस

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि दाबी पेस गरेका छन् । यसअघि नाउपाका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका थिए । कैलाशले प्रदेश प्रमुख नाजिर मियाँलाई आइतबार अपराह्न भेटेर मुख्यमन्त्रीमा दाबी पेस गरेको पत्र बुझाएका हुन् ।

उनलाई सत्ता गठबन्धनमा रहेका दल एमाले र माओवादी केन्द्रको समर्थन रहने छ । लक्ष्मणकिशोरले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।

नाउपाभित्र आपसी झगडा रहेका कारण दुई जनाको दाबी पेस भएको हो । सुदूरपश्चिममा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । लक्ष्मणकिशोर नाउपाका संरक्षक रेशम चौधरी पक्षका हुन् भने कैलाश अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका ।