काकाको हत्या गरेको आरोपमा एक जना पक्राउ

काकाको हत्या गरेको आरोपमा एक जना पक्राउ

नवलपरासी ।  पश्चिम नवलपरासीमा कुटपिट गरी काकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

हत्या आरोपमा प्रहरीले आइतबार बिहान सुस्ता गाउँपालिका वडा नम्बर ३ मर्चहवा बस्ने २१ वर्षीय सन्तराम चमारलाई पक्राउ गरेको हो। 

उनले चैत २८ गते विवाद गरी ५० वर्षीय काका तिलकधरी चमारमाथि कुटपिट गरेको आरोप छ। 

कुटपिटबाट घाइते भएका तिलकधरीलाई स्थानीय मेडिकलमा उपचार गराइएको थियो। त्यसपछि घरमै रहेका उनको आइतबार बिहान मृत्यु भएको हो।

उक्त खबरपछि प्रहरीले सन्तरामलाई प‍क्राउ गरेको हो।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।