सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा ढिलाइ, काँग्रेस संसदीय दलको बैठक बस्दै

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा ढिलाइ, काँग्रेस संसदीय दलको बैठक बस्दै

धनगढी ।  सुदूरपश्चिम प्रदेशमा एकै दलका २ जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि नियुक्तिमा ढिलाइ भएको छ । फरक–फरक दलको समर्थनमा एक दलबाट २ जनाले दाबी गरेपछि प्रदेश प्रमुखले कानुनी परामर्श र अध्ययन गरेर मात्रै निर्णय लिने बताएका छन् । 

आइतबार नाउपाकै लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । काँग्रेस, नाउपा,  समाजवादी र राप्रपाको समर्थनमा नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरी दाबी पेस गरिएको छ । उनी नाउपा संरक्षक रेशम चौधरी पक्ष हुन ।

त्यसै गरी  एमाले, माओवादी, स्वतन्त्र सांसद र नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठको समर्थनमा कैलाश चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् ।

एकै पार्टीका २ जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि सुदूरपश्चिम काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । मुख्यमन्त्री  नियुक्तिमा ढिलाइ भएपछि आवश्यक छलफल गर्न काँग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।