भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

धनगढी । मङ्गलसेन नगरपालिकाले चैते दसैँको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो राजपत्रमा सोमबार सूचना प्रकाशित गरेर वैशाख ४ गते मङ्गलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वैशाख २ गते राजपत्रमा सूचना प्रकाशन गरी नगर क्षेत्रभित्र चैते दसैँ मनाउने र जुपू खौलामा दसैँ मेला लाग्ने भएकोले बिदा दिइएको बताइएको छ । अघिल्लो महिनाको चैत ३० गते बसेको नगर कार्यपालिकाको १० औँ बैठकले नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

अछाममा हरेक वर्ष रामनवमीको अघिल्लो दिन (चैत शुक्ल अष्टमी) चैते दसैँ धूमधामका साथ मनाउने परम्परा रहेको छ । चैते दसैँको लागि घर बाहिर रहेकाहरू समेत गाउँघरमा फर्केर चैते दसैँ मनाउने गरिन्छ ।