जन्ती लिन गएको बसको ठक्करबाट वृद्धको मृत्यु

जन्ती लिन गएको बसको ठक्करबाट वृद्धको मृत्यु

दाङ । दाङमा जन्ती लिन जाँदै गरेको बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ।

आज बिहान ३:५० बजे दाङको शान्तिनगर गाउँपालिका-५ काशीपुरमा ना ४ ख ६९४९ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६० वर्षीय फकला चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका वृद्धलाई उपचारका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।

एसपी केसीका अनुसार उक्त बस काशीपुरमा जन्ति लिन जाँदै थियो।

बसका चालक ३२ वर्षीय अमर चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए।