दुईजनालाई मन्त्री नबनाएको भन्दै जसपाका भण्डारीलालले दिए राजीनामा

दुईजनालाई मन्त्री नबनाएको भन्दै जसपाका भण्डारीलालले दिए राजीनामा

रूपन्देही । सरकार गठनका बेला भएको सहमतिअनुसार दुई मन्त्री नदिएको भन्दै जनता समाजवादी पार्टीका मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् ।

चैत २५ मा कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका अहिरले आज राजीनामा बुझाएका हुन् । जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्रीले २ जना मन्त्रालय दिने लिखित सहमति उल्लंघन गरेकाले सरकारबाट बाहिर आएको तर समर्थन भने कायमै रहने बताए । मन्त्री अहिरले पनि पार्टीको निर्णय अनुसार आफूले राजीनामा दिएको बताए ।

मुख्यमन्त्री र गठबन्धनका दलहरूले सहमति उल्लंघन गरेर गठबन्धनको मूल्य मान्यता र मर्मविपरीत गएकाले नैतिकता सिकाउन आफूहरू सरकार बाहिर रहेर पनि समर्थन गर्ने अहिरले बताए । जसपाका ३ सांसद छन् । यदि जसपाले समर्थन फिर्ता लिए ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ । तर, यहाँ नाउपा समेत असन्तुष्ट छ ।