मिष्टर गे नेपालको उपाधि लक्ष्मणलाई

मिष्टर गे नेपालको उपाधि लक्ष्मणलाई

काठमाडौं । मिष्टर गे नेपाल २०२४ को उपाधि लक्ष्मण मगरले हात पारेका छन्। 

मायाको पहिचान नेपालले आयोजना गरेको प्रतियोगितामा उनले एक लाख रुपैयाँ पुरस्कार पाए। साथै उनले बेलायतमा हुने मिष्टर गे वर्ल्डमा सहभागी हुने सुनिश्चित गरे।

प्रतियोगितामा फर्स्ट रनर अपको उपाधि अशोक कोइरालाले जिते। उनले ७५ हजार रुपैयाँ पुरस्कार पाए। सकेण्ड रनर अपको उपाधि जितेका नवीन जिसीले ५० हजार रुपैयाँ हात पारे।

यस्तै बेस्ट ड्रेस अवार्डको उपाधि युनिक चौधरी र फोटोजेनिकको अवार्ड सुनिल तामाङले पाए। बेस्ट वर्कको अवार्ड दिनेश चौधरीले पाए। बेस्ट ट्यालेन्ट अवार्ड टिकाबहादुर मगर र पब्लिक च्वाइस अवार्ड लक्ष्मण मगरले पाए।

बेस्ट डिसिप्लेनको अवार्ड लासाङ दोर्जे बलले पाए। बेस्ट पर्सनालिटी अवार्ड पवन ढकालले पाए। वेस्ट स्वीम सुट अवार्ड दिनेश चौधरी र मिष्टर कन्जिनियालिटी अवार्ड सुशील चन्दले पाए।

पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्त, सन् २०१७ का मिष्टर गे हेण्डसम मनिल सिंह, सन् २०१३ का विश्वराज अधिकारी, मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ, मिस पिंकको उपाधि विजेता यानि लामा लगायतले विजेतालाई उपाधि प्रदान गरे।