कञ्चनपुरमा खैरो हेरोईनसहित दुई जना पक्राउ

कञ्चनपुरमा खैरो हेरोईनसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–७ हल्दुखालबाट ०.२७ ग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २९ वर्षीय सन्तोष जाग्री र भीमदत्त नगरपालिका–३ तिलकपुरबाट ०.९४ ग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २७ वर्षीय निराजन बोहरालाई  प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले दुबैको साथबाट खैरो हेरोईन फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।