अत्तरियाको प्रेरणा सपिङ सेन्टरजल्दा करिब ४८ लाखको क्षति

अत्तरियाको प्रेरणा सपिङ सेन्टरजल्दा करिब ४८ लाखको क्षति

कैलालीको अत्तरियामा रहेको प्रेरणा सपिङ सेन्टरमा भएको आगलागीबाट करिब ४८ लाख बराबरको क्षति भएको बताईएको छ।ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार आगलागीबाट ४७ लाख ४५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागीको कारण अझै खुल्न नसकेपनि विद्युतको तार सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका रहेको प्रहरीले जनाएको छ।

मंगलबार राती लागेको आगोले गोदावरी कम्प्लेक्सको अगाडि पट्टि रहेको प्रेरणा सपिङ सेन्टर जलेर पुर्ण रुपमा नष्ट भएको छ। उक्त पसल वरपर रहेका अन्य पसलहरुमा पनि केही क्षती पुगेको छ।