कैलालीमा दुई फरार प्रतिवादी पक्राउ

कैलालीमा दुई फरार प्रतिवादी पक्राउ

 कैलालीमा दुई फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुई जना मंगलवार पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा ५ महिना ४ दिन कैद सजाय र ४ हजार रुपैयाँ जरिवाना ठहर भएका गौरीगंगा नगरपालिका ६ बस्ने २४ वर्षीय टेकबहादुर खड्का र सोही मुद्दामा १ महिना ९ दिन कैद सजाय ठहर भएका गोदावरी नगरपालिका ८ बस्ने २६ वर्षीय सरोज चौधरी रहेका प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरु दुबै जनालाई पक्राउ गरेको प्रदेश प्रहरीले बताएको छ ।