दिउँसोको खानापछि शरीर गले जस्तो महसुस किन हुन्छ ?

दिउँसोको खानापछि शरीर गले जस्तो महसुस किन हुन्छ ?

काठमाडौं । दिउँसोको खाना खाने समय बितिसक्दा पनि अफिसबाट विदा हुन धेरै समय बाँकी हुन्छ । यहि कारणले हामीलाई कमजोरी जस्तो महसुस हुन्छ र हल्का निद्रा लागेको जस्तो महसुस पनि हुन्छ ।

यो कुरा क्यालिफोर्नियाको डेभिसस्थित न्यूट्रिसनिस्ट डाक्टर क्रिस्टोफर रोेड्सले भर्खरै एउटा अन्तर्वार्ताको क्रममा बताएका हुन् ।

जब कसैलाई दिउँसो थकानको महसुस हुन्छ र निद्रा लाग्छ, तब उसले निद्राबाट छुटकारा पाउनका लागि बारम्बार कफि पिउँछ । तर, यस्तो गर्नाले शरीरमा क्याफीनको मात्रा बढ्छ, जसले राति निद्रा लाग्दैन ।

यस बारेमा डाक्टर क्रिस्टोफरले त्यस्तो एउटा तरिकाको बारेमा बताएका छन्, जसले दिउँसो कमजोरी महसुस हुनबाट बच्न सकिन्छ ।

पेट भरी नखाने

मौका पाउनासाथ केहि न केहि खाइरहनाले निद्रा लाग्छ र ब्लड शुगर पनि अनावश्यक रुपमा बढ्छ भन्ने कुरा रोड्सले बताएका छन् । वास्तवमा हल्का खानाले हाम्रो भोक मेटिँदैन । यसको अर्थ हामीले जे खाइरहेका छौँ, त्यसको स्वाद त आउँछ तर पेट भरिँदैन । त्यस्ता धेरै स्न्याक्स पनि छन्, जसमा केहि त्यस्ता सामग्री हालिएको हुन्छ, जुन जति खाए पनि अघाइँदैन । त्यसैले हल्का खाना खाइ रहनबाट बच्नु पर्छ ।

कफी पिउन बन्द

रोड्सका अनुसार निद्रा लागेपछि मानिसहरु कफी पिउँछन् । तर, त्यस्तो गर्नबाट बच्नु पर्छ । कफीमा चिनी मिलाएर पिउनाले ग्लूकोज बढ्छ र समस्या पनि बढ्छ । चिनी जस्तै क्याफीनले पनि तुरुन्त शक्ति त दिन्छ, तर केहि घण्टामा नै सुस्त कारण बन्छ । त्यसैले कफी भन्दा ग्रीन टी पिउन सकिन्छ । तर ग्रीन टीमा एन्टी–अक्सीडेन्ट र एल थेनाइन जस्तै अन्य कम्पाउन्ड पनि हुन्छ । एल थेनाइन एक एमिनो एसिड हुन्छ । जसले तनाव ,इम्सोम्निया र एन्जाइटीलाई कम गर्न सहयोग पुर्याउँछ भन्ने मान्यता रहेको छ ।

पौष्टिक खाना

रोड्सले के सल्लाह दिएका छन् भने दिउँसोको खानालाई कम कार्ब भएको बनाउनुका साथै प्रोटीन र तरकारीहरु समावेश हुनुपर्छ । कार्बोहाइड्रेडले हामीलाई तुरुन्त इनर्जी दिन्छ र त्यो ग्लूकोज स्पाइक्सको कारण बन्न सक्छ । त्यसैले सधैं आफ्नो दिउँसोको खानालाई पौष्टिक बनाउनु पर्छ, जसमा धेरै कुरा समावेश हुनुपर्छ । त्यसैले केवल हाई कार्बसहितको खानामात्र होइन, प्रोटीन, फ्याट तथा कार्बसहितको खाना खानु पर्छ ।

गुलिया खानेकुरा

दिनभरी शरीरको ग्लूकोज नियन्त्रित राख्ने पुरा कोशिश गर्नु पर्छ । ग्लूकोज चिनीको सबैभन्दा सरल रुप हो, किनभने जब हामी गुलियो खान्छौँ, तब हाम्रो शरीरले त्यसलाई ग्लूकोजको रुपमा नै स्टोर गर्छ र शक्ति प्रदान गर्छ भन्ने कुरा रोड्सले बताएका छन् ।