‘बोक्सीको घर’ आजदेखि सिनेमा हलमा

‘बोक्सीको घर’ आजदेखि सिनेमा हलमा

काठमाडौं । नेपाली फिल्म ‘बोक्सीको घर’ आज शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिज अन्तर्गत आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उच्च शो दिएको छ ।

काठमाडौं उपत्यकामा २४ र बाहिर ३२ सहित देशभरका आफ्ना आउटलेटमा क्यूएफएक्सले ५६ शो प्रदान गरेको छ ।

अन्य सिनेमा हलले पनि ‘बोक्सीको घर’ लाई उच्च शो प्रदान गरेका छन् । फिल्मलाई लेखक तथा निर्देशक सुलक्षण भारती छन् । केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी छ ।

यो फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायतको अभिनय छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता छन् ।