डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु

डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा आगोमा परेर एक जनाको ज्यान गएको छ।

जिल्लाको नबदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा परेर ज्यान गएको हो ।

झिग्रा काट्ने क्रममा शुक्रवार दिउँसो सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडी चुनाराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घट्नास्थलमै ज्यान गएको हो ।

यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।