कैलालीबाट एकलाख बढीको तस्करीको सामान बरामद

कैलालीबाट एकलाख बढीको तस्करीको सामान बरामद

धनगढी । कैलालीबाट एकलाख बढीको भन्सार छलिको सामान बरामद गरिएको छ ।

जिल्लाको धनगढी उपमहानगथरपालिका-२ ट्राफिक चौराह,धनगढी–८ धनगढीगाउँ, टीकापुर नगरपालिका–८ बालुवाटार, भजनी नगरपालिका–८ जनकपुरबाट र कैलारी गाउँपालिका–३ खोनपुरघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएको तस्करीको सामान बरामद गरिएको हो ।

अन्दाजी एक लाख १२ हजार ८० रुपैँया बराबरको प्याज, चिनी, नरिवल, चक्लेट, चप्पल, पंखा, प्लाष्टिक झिल्ली, सिद्रा माछा लगायतका सामान शुक्रवार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।