इलाम २ मा मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

इलाम २ मा मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

 इलाम २ को उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय र सर्वपक्षीय बैठक सुरु भएको छ।  निर्वाचनमा सहभागी १२ दल र सात स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र दलका नेताहरू बैठकमा सहभागी छन् । 

बैठकलगत्तै मतगणना सुरु गरिने र सोमबार साँझसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए।
शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको थियो । इलाम(२ मा कुल १ लाख १५ हजार ८८९ मतदाता थिए।