बझाङ छविसपाथिभेरा १ र २ को गणना सकिँदा एमाले करिब दोब्बरले अगाडि

बझाङ छविसपाथिभेरा १ र २ को गणना सकिँदा एमाले करिब दोब्बरले अगाडि

बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणना जारी छ। पछिल्लो सार्वजनिक मत परिणामअनुसार छविसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ र २ को मत गणना भइसक्दा एमालेका उम्मेदवार दमन भण्डारीले ७५७ कांग्रेसका उम्मेदवार अभिशेक सिंहले ३८०, माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले २२६ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन्। त्यस्तै राप्रापाका उम्मेदवारले ९ मत पाउँदा २८ मत भने बदर भएका छन्।

शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ। तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको चहलपहल बढेको छ। त्यस्तै, बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।