बझाङमा एमालेको सुरुआती अग्रता पछ्याउँदै कांग्रेसका सिंह

बझाङमा एमालेको सुरुआती अग्रता पछ्याउँदै कांग्रेसका सिंह

प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेश सभा १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ ।
उपचुनावमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । ४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवा दिलबहादुर सिंहले ५१ मत पाउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् । राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले १ मत ल्याएका छन् । यो मतपरिणाम छबिसपाथिभेरा २ को हो ।