टिभिएसको स्कुटर खरिद गर्दा धनगढीकी गोदावरीले पाइन् शतप्रतिशत क्यास ब्याक

टिभिएसको स्कुटर खरिद गर्दा  धनगढीकी गोदावरीले पाइन् शतप्रतिशत क्यास ब्याक

धनगढी । टिभिएसको ‘मेरो साथी’ योजना अन्तर्गत धनगढीकी गोदावरी ठगुन्नाले सय प्रतिशत क्यास ब्याक हात पारेकी छन् । 

धनगढीस्थित बागेश्वरी अटोमोटिभ्सबाट गत चैत ३० गते स्कुटर खरिद गरेकी धनगढी उपमहानगरपालिका–८ मोतीचोककी ठगुन्नाले साप्ताहिक लक्की–ड्र मार्फत शतप्रतिशत क्यास ब्याक प्राप्त गर्न सफल भएकी हुन् । 

तीन लाख पाँच हजार ९०० रुपैयाँमा स्कुटर खरिद गरेकी उनले अहिले सो सबै पैसा पिर्ता पाएकी हुन् । उनले स्कुटर खरिद गर्दा पनि नगद छुट प्राप्त गरेकी थिइन् । 

टिभिएस ‘मेरो साथी’ योजना अन्तर्गत हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, सियोर सट क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम इएमआई तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराइरहेको छ ।  

साथै यो योजना अन्तर्गत टिभिएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको समेत व्यवस्था रहेको छ ।

कम्पनी पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको दाबी छ ।